काठमाडौं । कीर्तिपुरमा एउटा जलेको निजी कारभित्र एक पुरुष जलेको अवस्थामा फेला परेका छन् ।
कीर्तिपुरको चाँदनी चोकमा बा ५ च ३०३८ नम्बरको कारमा पुरुषको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार यो घटना मंगलबार (आज) बिहान ११ बजेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।