काठमाडौं । व्यापारी नवीन अग्रवालले चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले सोमबार बेलुकी ६ बजे उनले कामपा– ७, कुमारीगालको एक घरबाट हामफालेको जानकारी दिए ।
उनका अनुसार अग्रवाल सोही घरमा तेस्रो तलामा भाडामा बस्दै आएका थिए ।
अग्रवाललाई स्थानीयले देखेर स्तुपा अस्पतालमा लगेका थिए । उनको साढे ७ बजे बेलुकी मृत्यु भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार अग्रवाल उच्चरक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य (डिप्रेसन) को औषधि सेवन गर्दै आइरहेका थिए ।
अग्रवालले भारतबाट कपडा आयात गरी काठमाडौंमा बिक्री गर्थे ।