काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २७२६ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आँखु खोलाको २७ करोड, रिडि पावरको २४ करोड, सोलु हाइड्रोको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।