टीभीएसले बजारमा ल्यायो ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ८१ हजार

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएसअर्बिटर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । एक समारोहका बीच यो नयाँ र आधुनिक स्कुटरको अनावरण गरिएको हो । 

सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

null

कम्पनीका अनुसार टीभीएस अर्बिटरमा ३.१ किलोवाट-घण्टा क्षमताको ब्याट्री, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको अन्डर-सिट बुट स्पेस तथा कनेक्टेड मोबाइल एपजस्ता सुविधा उपलब्ध छन् ।

उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको यस स्कुटरले आरामदायी, स्थिर र सहज यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

स्कुटरमा कलर एलसीडी डिस्प्ले, इनकमिङ कल सूचना, टर्न-बाइ-टर्न नेभिगेसन, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, इको र पावर मोड, ओभर-द-एयर (ओटीए) अपडेट, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ तथा चोरीसम्बन्धी अलर्टजस्ता स्मार्ट फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अर्बिटरको आगमनसँगै दिगो र स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताए ।

null

आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक उपयोगिताको संयोजनमार्फत नयाँ पुस्ताका ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनले बताए ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस आइक्युबको सफलतापछि टीभीएस अरबिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । देशभर रहेको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराइने उनले बताए ।

यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार टीभीएस अर्बिटरलाई नेपालका विभिन्न सडक र भौगोलिक अवस्थाहरूमा हजारौं किलोमिटर परीक्षण गरिएको छ । 

सहरका व्यस्त सडकदेखि पहाडी उकालो र कच्ची बाटोहरूमा पनि यसको कार्यक्षमता उत्कृष्ट पाइएको उनको दाबी छ ।

null

पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा यसको सञ्चालन खर्च करिब १० गुणा कम हुने बताइएको छ । कम्पनीका अनुसार टीभीएसका इलेक्ट्रिक स्कुटरहरूको प्रयोगले नेपालमा हालसम्म करिब १६५० टन कार्बन उत्सर्जन कम गर्न मद्दत पुर्याएको छ । जुन ७५ हजार रुख रोपे बराबरको योगदान हो । 

जगदम्बाको मजबुत नेटवर्कले नेपाली ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गुप्ताले जनाए । नेपालभर रहेका टीभीएसका १२५ भन्दा बढी टच प्वाइन्टहरूबाट यो स्कुटरको बिक्री र सेवा उपलब्ध हुनेछ । 

टीभीएस अरबिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

null

Share News