सरकारले डा.केसीसँग थाल्यो वार्ता, शिक्षा मन्त्रालयका सचिव पुगे धनगढी

फाइल तस्विर

काठमाडौं । सरकारले अनसन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । शनिवार उनीसँग शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पुगेका हुन् ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलले डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेको बताएका छन् ।

सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिव उनीसँग उहाँसँग प्रत्यक्ष संवादका लागि धनगढी पुगेको उनले जानकारी दिएका छन् ।

सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोख्रेलले बताए ।

भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल जाने भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा पनि जाने छन् । 

सरकार संवादका माध्यमबाट यस विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको मन्त्री पोख्रेलले बताए ।

बिहीबारदेखि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीले अनसन सुरु गरेका थिए । कैलालीको धनगढीबाट उनले २४ औँ सत्याग्रह सुरु गरेका हुन् ।

उनले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गरेका हुन् ।  

Share News