काठमाडौं । लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो ।
लाजिम्पाटस्थित केजी टावरको छैठौ तलामा वेलनेस सेन्टर सुरु भएको हो । ज्याकुजी ( अर्थात तातो पानीमा बस्ने), साउना, स्टीम र (मसाज) थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो ।
हाना वेलनेसका सञ्चालक पदम जिरेलले आधुनिक संरचनासहित थप सुविधासहितको स्पा सेन्टर सुरु गरिएको बताए । व्यस्त सहरमा मानिसहरूको कार्यशैलीलाई आराम दिन वेलनेस सेन्टर सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

६ तलाको सुविधायुक्त भवनमा सञ्चालित हाना वेलनेस अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार ग्राहकको सुविधालाई लक्षित गरेर पार्किङ्ग र लिफ्टको समेत व्यवस्था गरिएको छ ।
थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको उनले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना वेलनेस सान्दर्भिक हुने जिरेलको बुझाइ छ ।
हाना वेलनेस तनाव विसर्जन गर्ने रहेको उनले बताए । युवायुवती तथा महिला, पुरुष र जोडी तथा परिवारका सदस्यहरू जोसुकै आएर पनि यसको मजा लिन सकिने उनको भनाइ छ ।
'आजकालका मानिसहरू स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् । सशारीरिक थकान र तनाव कम गर्न हाना वेलनेस उपयुक्त गन्तव्य हुन सक्छ,’ जिरेलले भने, ‘हाना वेलनेस आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित रहेकाले हाम्रो सेवाले मानिसलाई स्वस्थ बनाउन मद्दत पुग्छ ।'
स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि हाना वेलनेस अपरिहार्य भएको जिरेलले बताए ।
अन्तर्राष्ट्रिय स्तरको सेवासहित वेलनेस सेवा सुरु गरिएको व्यवसायी जिरेलले बताए। स्पा पछिल्लो समय मानिसहरूका लागि वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको उनले उल्लेख गरे ।

नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्थ प्याकेज’ बनाइने जिरेलको भनाइ छ। हाना वेलनेसलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको जिरेलले उल्लेख गरे ।
