भदौ अन्तिम सातादेखि सडकमा उत्रिँदै प्रजातान्त्रिक पार्टी

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ । 

आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिए । 

उनका अनुसार पार्टी केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिनेछ । 

उनले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर रूपमा छलफल भएको पनि बताए । 

अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको आरोपसमेत लगाए ।

उनले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको पनि बताए ।

उनले भ्रष्टाचार नियन्त्रण, संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावको बर्खा सकिने बित्तिकै पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिए ।

Share News