काठमाडौं । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको गरिएको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएको भन्दा बढी शुल्क लिएको सम्बन्धमा २४ लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४ को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ ।
विभागले यसअघि तोकिएको भन्दा बढी शुल्क लिएको भनी सचेतसमेत गराएको थियो ।