नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल धरौटीमा रिहा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले धरौटीमा छोड्ने आदेश जारी गरेको हो ।

रिमाल २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । 

सम्पत्ति शुद्धिकरण मुद्दामा गत साउन ७ गते पक्राउ परेका रिमाललाई मंगलबार थुनछेक बहसका लागि उपस्थित गराइएको थियो । 

Share News