सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशत बढ्यो

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ८६.१८ प्रतिशत बढेर १५ करोड ४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ८ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत आवको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.४७ प्रतिशत घटेर २३ करोड ३४ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २३ करोड ४५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ०.१२ प्रतिशत घटेर ४ करोड २३ लाख ७५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७९ प्रतिशत घटेर २७ करोड ७८ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा १३२ प्रतिशत बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४४ करोड ८० लाख १० हजार रुपैयाँ रहेको छ । 

गत असारसम्म बैंकको निक्षेप संकलन ६६.४८ प्रतिशत बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ र कर्जा प्रवाह १०.४१ प्रतिशत घटेर ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झार्न सफल भएको छ । साथै पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पु¥याएको छ । 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दान्ी अनुपात ४०.४८ गुणा छ भने प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ रहेको छ । 

Share News