काठमाडौं । सन् २०२५ को आरोहण ७४८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागले शुक्रबार (आज) सार्वजनिक गरेको माउन्टेरिङ इन नेपाल फ्याक्टस एण्ड फिगर्स २०२६’ अनुसार ४६४ जना नेपाली र २८४ जना विदेशी नागरिकले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
तथ्यांकअनुसार सगरमाथा आरोहण गर्नेहरूमा ६८ जना महिलाहरू रहेका छन् । हालसम्म सगरमाथा चुम्ने कुल आरोहीहरूको सङ्ख्या ९ हजार ८२५ पुगेको छ ।
प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न ४२ वटा देशका नागरिकहरू नेपाल आएका थिए ।
विदेशी नागरिकतातर्फ सबैभन्दा बढी भारतका ६१ जना रहेका छन् । त्यस्तै, अमेरिकाका ४७ जना, चीनका ५२ जना, बेलायतका १९ जना, रुसका १६ जना युक्रेनका ८ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् ।
युक्रेनबाट ८ जना, जापानबाट ७ जना, फ्रान्सबाट ४ जनाले सगरमाथामा पाइला टेकेका छन् । त्यस्तै, अर्जेटिना, अस्ट्रेलिया, क्यानडाबाट ४ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।