घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ । 

सुनको भाउ आज तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँ बढी २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर ४ हजार ३ सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

Share News