पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई डेढ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नयाँ मूल्य सोमबारदेखि लागू हुने गरी बढाएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको हो ।

मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ । 

यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७.५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा १ अर्ब ४९ करोड रुपैयाँ घाटा रहेको जनाएको छ । 

null

Share News