काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया सुरु भएको छ ।
दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै मर्जर प्रक्रिया सुरु भएको जानकारी गराएको छ ।
कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकको गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७९ अनुसार प्रक्रिया अघि बढाइएको हो ।
मर्जर प्रक्रिया पूरा भई सम्बन्धित साधारणसभा सम्पन्न नहुन्जेल आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरिएको छ ।