काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मंगलबार (आज)बिहान मुग्लिन बजारनजिकै खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात सञ्चालन भएको छ ।
सडक आज बिहान १०ः३५ बजेबाट मुग्लिन सडकमा दुवैतर्फ गाडी चल्न थालेका हुन् ।
सडक डिभिजन, भरतपुरका सडक सुपरभाइजर सुकबहादुर गुरूङले पहिरो पन्छाएसँगै दुईतर्फी नै सवारीसाधन गुड्न थालेको जानकारी दिए ।