काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अभिजित केसी नियुक्त भएका छन् ।
साउन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रानुसार कम्पनीका सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नगरुञ्जेलका लागि केसीलाई निमित्त सीइओ तोकिएको हो ।