काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशत घटेर १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ६४ करोड ५ लाख ५४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रुपैयाँ र सञ्चालन नाफा ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड १७ लाख ४२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख ६७ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँ थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १२.०२ प्रतिशत रहेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन २१.५२ प्रतिशत बढेर ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ र कर्जा लगानी ७.१२ प्रतिशत बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ६८.४३ प्रतिशत रहेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३.३२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १६.३४ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ छ ।
बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।