१२० कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १२० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै रिडि पावरको ३४ करोड, खानीखोला हाइड्रोको २७ करोड, एभरेष्ट कलरको १७ करोड र सेन्ट्रल फाइनान्सको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोलु हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।  

Share News