मल्टिपर्पस फाइनान्सले लाभांश नदिने

काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने कम्पनीले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा उक्त प्रस्ताव पेश गरिनेछ ।   

Share News