आइएमई लाइफले असारमा गर्याे ७ करो बढी बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८३÷८४ को असार महिनामा ७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असारमा १८९ वटा दाबीबापत कुल ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार असार महिनाको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा सबैभन्दा बढी रहेको छ । म्यादी बीमातर्फ १४६ वटा दाबीको २ करोड ५२ लाख ४ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

त्यस्तै, परम्परागत बीमातर्फ २४ वटा दाबी बापतको २ करोड ४२ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी, वैदेशिक रोजगार बीमातर्फ १९ वटा दाबीको २ करोड ११ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरिएको छ । 

Share News