३४ अंकको गिरावट, २१.९६ अर्बको कारोबार

काठमाडौं  । गत साता नेपाली सेयर बजारमा गिरावट आएको छ । साता भर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.२४ अंकले घटेको छ । 

साताकाे ५ कारोबार मध्ये ४ दिन परिसूचक घट्दा १ दिन मात्रै सामान्य सुधार देखिएको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से २ हजार ६८५.५४ विन्दुमा रहेको थियो । शुक्रबार कारोबार बन्द हुँदा परिसूचक २ हजार ६५०.०९ विन्दुमा झरेको छ ।

साताको कारोबारमा मंगलबार बजार सबैभन्दा धेरै घट्यो । उक्त दिन नेप्से २१.१५ अंकले घटेर २ हजार ६६३.१८ विन्दुमा बन्द भयो ।

बुधबार भने बजारमा सामान्य सुधार देखियो । उक्त दिन नेप्से ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको थियो ।

बिहीबार पुनः बजार १३.८२ अंकले घट्यो । शुक्रबार पनि नेप्से ४.०५ अंकले घटेर २ हजार ६५०.०९ विन्दुमा सीमित भयो ।

साताभर २१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  पाँच कारोबार दिनमा कुल २१ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै, साताभर ४ करोड ६१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कुल कारोबार संख्या २ लाख ८० हजार ४६५ पुगेको छ ।

शुक्रबार मात्रै ३ अर्ब ६५ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उक्त दिन ८१ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका थिए ।

साताको कारोबारमा सोमबार ४ अर्ब ५२ करोड, मंगलबार ३ अर्ब ९७ करोड, बुधबार ४ अर्ब ३७ करोड र बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यसरी कारोबार रकम तुलनात्मक रूपमा उच्च रहे पनि बजार परिसूचक भने समग्रमा दबाबमा परेको देखिएको छ ।

Share News