४५ सय भारु साट्न पनि भारतको आनाकानी, ‘अप्रिल लेटर’को जवाफै आएन

<p>काठमाडौं । भारतले नेपालीसँग रहेको भारतीय रुपैंयाँ साट्न आनाकानी गरेको छ । सुरुमा ४५ सय भारु साट्न तयार भएको भारत यतिबेला भने मौन बसेको छ । ‘हामीले ४५ सय नै भएपनि अहिलेलाई साट्न तयार छौं भनेर अफ्रिल १३ तारिखमै आरबिआईलाई पत्र पठाएका थियौं तर अझै जवाफ आएको छैन् ।’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन [&hellip;]</p>

काठमाडौं । भारतले नेपालीसँग रहेको भारतीय रुपैंयाँ साट्न आनाकानी गरेको छ । सुरुमा ४५ सय भारु साट्न तयार भएको भारत यतिबेला भने मौन बसेको छ । ‘हामीले ४५ सय नै भएपनि अहिलेलाई साट्न तयार छौं भनेर अफ्रिल १३ तारिखमै आरबिआईलाई पत्र पठाएका थियौं तर अझै जवाफ आएको छैन् ।’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने ।


ढुंगानाका अनुसार ४५ सय भारु साट्नेबारे परराष्ट्र मन्त्रालयले पनि भारतीय पक्षलाई एक पटक पत्राचार गरिसकेको छ । तर भारतीय पक्षले सो पत्रको पनि जवाफ दिएको छैन् । ‘भारतीय पक्षले नै ४५ सय साटिदिन्छौं भनेपछि हामीले तयार भएका हौं तर अहिले कुनै प्रतिक्रिया नै नदिई बसिरहेका छन्, हामी अचम्ममा परेका छौं’, ढुंगानाले भने ।

नेपाल राष्ट्र बैंकले ४५ सुरुमा ४५ सय भारतीय रुपैंयाँ सटही सुबिधा पाउनुपर्ने अडान राखेको थियो । दुई देशबिचको सहमतिमा दुबै देशका नागरिकले एक अर्काे देशको मुद्रा २५ हजारसम्म राख्न पाउने व्यवस्था छ । नेपालले २५ हजा सटही सुबिधा माग्दा भारतले भने ४५ सय मात्रै साटिदिने भनेको थियो । तर यतिबेला नेपाल ४५ सय रुपैंयाँ सटही सुबिधाको उपयोग गर्न तयार हुँदा भारतले भने चासो देखाएको छैन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ९ देखि एक हजार र पाँच सय दरका भारु कारोबार रोक लगाएको घोषणा गरेका थिए । कालोधन नियन्त्रण योजना अन्तर्गत मोदी सरकारले नोटबन्दीको घोषणा गरेको थियो ।

Share News