देवः र कैलाश विकास बैंकको टेण्डर सेयर बाँडफाँड, बजारमा २७०मा पाईने सेयरलाई ग्लोबल आईएमईले ३१६ रुपैयाँ हालेपछि खैलाबैला

<p>काठमाडौं । देवः विकास बैंक र कैलाश विकास बैंक बढाबढ मूल्यमा बिक्री आह्वान गरेको सेयर शुक्रबार बाँडफाँड भएको छ । देव: विकास बैंकको सेयरका लागि प्रतिकित्ता २३४ रुपैयाँ बुझाउनेले सेयर पाएका छन् भने कैलाश विकास बैंकको सेयरका लागि प्रतिकित्ता ३३५ रुपैयाँ हाल्नेले पाएका छन् । देवः मा २३३ रुपैयाँमा आवेदन गर्नेले दामासाही सेयर पाउने छन् [&hellip;]</p>

काठमाडौं । देवः विकास बैंक र कैलाश विकास बैंक बढाबढ मूल्यमा बिक्री आह्वान गरेको सेयर शुक्रबार बाँडफाँड भएको छ । देव: विकास बैंकको सेयरका लागि प्रतिकित्ता २३४ रुपैयाँ बुझाउनेले सेयर पाएका छन् भने कैलाश विकास बैंकको सेयरका लागि प्रतिकित्ता ३३५ रुपैयाँ हाल्नेले पाएका छन् ।

देवः मा २३३ रुपैयाँमा आवेदन गर्नेले दामासाही सेयर पाउने छन् भने कैशालमा ३४४ रुपैयाँमा आवेदन गर्नेले दामासाही पाउने भएका छन् ।

देव: विकास बैंकको सेयरका लागि बढी हाल्नेले ३१६ रुपैयाँ ७१ पैसा सम्म हालेको छ । ग्लोवल आईएमई क्यापिटलले प्रतिकित्ता ३१६ रुपैयाँ ७१ पैसाको दरले ५ हजार कित्ता सेयर हालेको छ । यो बैंकको सेयर २५५ देखि २७० को बीचमा कारोबार भईरहेको छ ।

बजार मूल्य भन्दा प्रतिकित्ता ५० रुपैयाँ बढी किन हालियो ? टेण्डर खोल्ने एनआईवीएल क्यापिटल मार्केट्सको हलमा खचाखच मानिसहरुले जिब्रो टोक्दै प्रश्न गरे । ग्लोबल आईएमई म्यूचल फण्डको पैसा दुरुपयोग भएको आशंका समेत केहीले गरे ।

तर ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले उक्त टेण्डर म्यूचल फण्डको पैसा नभई ग्लोबल आईएमई क्यापिटलको पेसा हालेकाे बताए । ‘कम्पनीले केही परिसूचक देखेर नै सो मूल्य हालेको हो । त्यसको कारण बताउन मिल्दैन’ ढकालले विकासन्युजसँग कुरा गर्दै भने । ग्लोबल आईएमई क्यापिटल ग्लोबल आईएमई बैंकको सहयाक कम्पनी हो ।

Share News