अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले गरे पद तथा गोपनीयताको शपथ

<p>काठमाडौँ,  । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । सो समारोहमा राष्ट्रपति [&hellip;]</p>

काठमाडौँ,  । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

सो समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा. सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक दङ्गाललाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नेपाल संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेख परीक्षकमा दङ्गाललाई नियुक्त गर्ने व्यवस्था रहेको छ । रासस

Share News