रिलायबल डेभलपमेन्ट बैंकले मुद्दतीमा १३ प्रतिशत र बचत खातामा ६ प्रतिशत ब्याज दिने

<p>काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ६० दिने मुद्दतीमा १३ प्रतिशतवार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । ६० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै, ६० दिनको अवधि समाप्त भएर बचत खातामा [&hellip;]</p>

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले ६० दिने मुद्दतीमा १३ प्रतिशतवार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । ६० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, ६० दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।

Share News