सिद्धार्थ डेभलपमेण्ट बैंकका अध्यक्ष भण्डारीले लिए डेपुटी गभर्नर सामु सपथ ग्रहण

<p>काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकका नवनिर्वाचित अध्यक्ष राम बहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार डेपुटी गभर्नरका सामु सपथ लिएका भण्डारीले आफ्नो पदीय जिम्मेवारी सम्हालेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफु [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकका नवनिर्वाचित अध्यक्ष राम बहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार डेपुटी गभर्नरका सामु सपथ लिएका भण्डारीले आफ्नो पदीय जिम्मेवारी सम्हालेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफु निर्वाचित भए पश्चात तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने ब्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार नवनिर्वाचित अध्यक्ष भण्डारीले आज नेपाल राष्ट्र बैंकमा आयोजित विशेष समारोहमा सपथ लिएका हुन् ।

गत जेठ १२ गते सम्पन्न बैंकको विशेष साधारण सभाले अध्यक्ष भण्डारीका साथै सञ्चालकहरु रतन लाल अग्रवाल, उद्धव चन्द्र गौतम संस्थापक समुहबाट र अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. सर्वसाधारण समुहबाट गरी जम्मा ६ सदस्यीय सञ्चालक समितिको निर्वाचन गरेको थियो । साथै, सञ्चालक समिति सदस्यहरुले आफु मध्येबाट निवर्तमान अध्यक्ष भण्डारीलाई नै सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

Share News