काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड ले नयाँ ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै निः शूल्क डीम्याट सेवा संचालनमा ल्याएको छ । सो सुविधा अन्तर्गत ग्राहकहरुले एन आई सी एशिया क्यापिटलमा निः शूल्क डीम्याट खाता खोल्न सक्ने साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।

एन आई सी एशिया बैंकको देशभरी रहेको ११५ भन्दा बढि शाखाहरु बाट निशुल्क डीम्याट खाता खोल्न तथा संचालन गर्न सकिने छ । एन आई सी एशिया क्यापिटल सूचना, प्रविधि तथा विशेषज्ञता को उचत्तम प्रयोग गर्दै, लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।
डीम्याट खाता संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।