पैसा थोरै दिन खोजेपछि म्यादी प्रहरीबाटै नाराबाजी गरेर विरोध

<p>स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार [&hellip;]</p>

स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् ।

सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे ।

आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ ।

ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे ।

तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए । कान्तिपुर दैनिकबाट

Share News