देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, गच्छदार, श्रेष्ठ र महरा उपप्रधान मन्त्री

<p>काठमाडौं । शेर बहादुर देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरे लगत्तै शिलत निवासमै आयोजित समारोहमा कार्कीले अर्थ मन्त्रीको सपथ लिएका हुन् । देउवा सरकारको उप प्रधान तथा परराष्ट्र मन्त्रीमा निवर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराले सपथ लिएका छन । त्यस्तै, गृह मन्त्रीमा निवर्तमान उर्जा मन्त्री जनार्दन शर्माले [&hellip;]</p>

काठमाडौं । शेर बहादुर देउवा सरकारको अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले सपथ ग्रहण गरे लगत्तै शिलत निवासमै आयोजित समारोहमा कार्कीले अर्थ मन्त्रीको सपथ लिएका हुन् ।

देउवा सरकारको उप प्रधान तथा परराष्ट्र मन्त्रीमा निवर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराले सपथ लिएका छन । त्यस्तै, गृह मन्त्रीमा निवर्तमान उर्जा मन्त्री जनार्दन शर्माले सपथ लिएका छन् ।

विजय कुमार गच्छदारले  उपप्रधानसहित संघिय मामिला तथा स्थानीय विकास मन्त्री  र गोपालमान श्रेष्ठले उपप्रधान तथा शिक्षा मन्त्रीको सपथ लिएका छन भने फरमुल्लाह मन्सुरले श्रम मन्त्री र प्रभु शाहले विना विभागिय मन्त्रीको सपथ लिएका छन् ।

 

Share News