वायुसेवा निगमलार्इ जहाज भाडामा दिन दुई कम्पनीको आवेदन, कस्ले मार्दैछ २ महिने उडानकाे बाजी ?

<p>काठमाडौं । नेपाल वायुसेवा निगमलाई आगामी साउन २ गतेबाट एउटा ठूलो जहाज भाडामा दिन दुई वटा विदेशी वायुसेवाले आवेदन दिएका छन् । निगमले ४५ दिनको समय दिएर माग गरेको आवेदनमा भुटान एयरलाइन्सको मात्रै आवेदन परेपछि निगमले पुनः ७ दिनको समय थप गरेको थियो । उक्त ७ दिनको समयसीमामा बुधबार अन्तिम दिन अर्को एक विदेशी वायुसेवा [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमलाई आगामी साउन २ गतेबाट एउटा ठूलो जहाज भाडामा दिन दुई वटा विदेशी वायुसेवाले आवेदन दिएका छन् । निगमले ४५ दिनको समय दिएर माग गरेको आवेदनमा भुटान एयरलाइन्सको मात्रै आवेदन परेपछि निगमले पुनः ७ दिनको समय थप गरेको थियो । उक्त ७ दिनको समयसीमामा बुधबार अन्तिम दिन अर्को एक विदेशी वायुसेवा कम्पनीको आवेदन परेको छ ।

वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार सात दिन सयम थप नगर्दै भुटान एयरलाइन्सको मात्रै निगमलाई जहाज भाडामा दिन आवदेन परेको थियो । वायुसेवा निगमको विनियमावलीमा एउटा कम्पनीसँग मात्रै आवेदन दिएमा पुनः समय थप गर्नुपर्ने वयवस्था अनुसार थप गरेको एक साताकोसमयमा अर्को एक विदेशी वायुसेवाको आवेदन परेको छ ।

उनका अनुसार कुन वायुसेवाको आवेदन परेको भन्ने विषयमा आफूले जानकारी लिएकाे छैन । दुइवटाकाे अावेदन परेकाे छ अब दुबैकाे प्रस्ताव हेरेर मात्रै भन्न सकिन्छ उनले भने ।

उनका अनुसार दुबै वायुसेवाको प्रस्ताव आजै बिहीबार नै खोलिने भएकोले छ । त्यसैले कुन वायुसवाको प्रस्ताव परेको छ भन्दा पनि कसले सस्तोमा सेवा दिने भएको छ भन्ने विषयले अर्थ राख्ने पनि उनको बुझाई छ ।

निगमले एउटा ठूलो जहाज भाडामा लिन मागेको ग्लोवल टेण्डर गत बैशाख २७ मा नै सार्वजनिक भएको थियो । वायुसेवा निगमले माग यस्तो सार्वजनिक प्रस्तावमा सात दिन अगाडि भुटान एयरलाइन्सले मात्रै आवेदन परेकोले प्रतिस्पर्धा गराउँन सहज हुने भन्दै निगमले एक साताको समय दिएर थप कम्पनीबाट आवेदनको अपेच्छा गरेको थियो ।

निगमले लिने जहाज आगामी साउन २ गतेबाट जम्मा २ महिनाको लागि मात्रै हुने छ । यो जहाज भाडामा दिँदा जहाज मात्रै लिने र निगम आफैंले उडाने भन्ने उल्लेख छ ।

यस अघि निगमलाई निगमलाई जहाज भाडामा दिन नेपालकै हिमालय एयरलाइन्सले पनि इच्छा देखाएको भएपनि यसले आवेदन नदिएको उल्लेख छ ।

वायुसेवा निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज छ । १९० सिट क्षमताको दुईवटा बोइङको बी ७५७ जहाज भएपनि एउटा भने विक्रीमा राखिएको छ । एउटाले मात्रै उडान गरिरहेको छ ।

आगामी साउनबाटै निगमको एउटा ठूलो जहाज नियमति मर्मतमा जाने र उक्त जहाज आउन २ महिना लाग्ने भएकोले सो समयमा जहाज अभावमा निगमको उडान प्रभावित नहोस भनेर भाडामै लिएर पनि संचालन गर्न लागिएको निगमले जानकारी दिएको छ ।

Share News