भदौमै २ करोड थान भारतीय एलइडी बल्ब आउँदै, ४ सयकाे बल्ल २ सयमै पाइने

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी भदौभित्रै २ करोड थान भारतीय एलइडी बल्ब नेपाल ल्याउने भएको छ । प्राधिकरणले आगामी दसैं अगाडि नै भारतबाट यो परिणामको बत्तिका बल्ब ल्याउन लागिएको हो । यो बल्ब खरिद प्रक्रिया अगाडि बढाउन अदालतले दिएको आदेश अनुसार प्राधिकरणले भारतसमक्ष प्रक्रिया अगाडि बढाएको पनि उल्लेख छ । ऊर्जा मन्त्रालय, भारतयि राजदूताबासलगायतसँग [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी भदौभित्रै २ करोड थान भारतीय एलइडी बल्ब नेपाल ल्याउने भएको छ ।

प्राधिकरणले आगामी दसैं अगाडि नै भारतबाट यो परिणामको बत्तिका बल्ब ल्याउन लागिएको हो ।

यो बल्ब खरिद प्रक्रिया अगाडि बढाउन अदालतले दिएको आदेश अनुसार प्राधिकरणले भारतसमक्ष प्रक्रिया अगाडि बढाएको पनि उल्लेख छ ।

ऊर्जा मन्त्रालय, भारतयि राजदूताबासलगायतसँग छलफल गर्ने तयारीमा प्राधिकरण जुटेको छ ।

ऊर्जा मन्त्रालयले पनि बल्ब खरिद प्रक्रिया छिटो सुरु गर्न निर्देशन दिएको छ । प्राधिकरणले बजारमा चार सय भन्दा माथि पर्ने यो बल्ब ल्याएर २ सयमै उपभोक्तालाई बेच्ने भएको छ । नागरिक दैनिकबाट ।

Share News