सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ७५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार रुर्पैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

Share News