विराटनगर विमानस्थल विस्तार गर्न ९० कित्ता जग्गा अधिग्रहण

<p>काठमाडौं । सरकारले विराटनगर विमानस्थल विस्तारको लागि ९० कित्ता जग्गा अधिग्रहण गरेको छ । विराटनगर विमानस्थल विस्तारका लागि कन्चनबाडी ९ को विराटगनर वडा नम्बर ४ बाट विमानस्थलको पूर्वतर्फ १५० मिटर लम्वाई र २१२ मिटर चौडाईका लागि जग्गा अधिग्रहण गरेको छ । जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ प्रयोग गरेर आगमी १५ दिनभित्रै सम्बन्धित जग्गाधनिलाई [&hellip;]</p>

काठमाडौं । सरकारले विराटनगर विमानस्थल विस्तारको लागि ९० कित्ता जग्गा अधिग्रहण गरेको छ ।

विराटनगर विमानस्थल विस्तारका लागि कन्चनबाडी ९ को विराटगनर वडा नम्बर ४ बाट विमानस्थलको पूर्वतर्फ १५० मिटर लम्वाई र २१२ मिटर चौडाईका लागि जग्गा अधिग्रहण गरेको छ ।

जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ प्रयोग गरेर आगमी १५ दिनभित्रै सम्बन्धित जग्गाधनिलाई मुआव्जा दाबी गर्न आउन पनि जिल्ला प्रशाशन कार्यालय मोरङले सार्वजनिक सूचनामार्फत आव्हान गरेको छ ।

तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको अवस्थामा कानुनबमोजिम प्रक्रिया अगाडि बढ्ने पनि उल्लेख छ ।

Share News