माँदुर्गा फुड्सको अनमोलका उत्पादनहरु नेपाली बजारमा उपलब्ध

<p>काठमाडौं । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यवसायीहरुद्वारा प्रबद्र्धित माँदुर्गा फुड्स प्रा. लि. ले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उपभोक्ताको सहजताका लागि नेपालकै धेरै शाखाहरु भएका सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ । आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा(५ केजी), मैदा(२ [&hellip;]</p>

काठमाडौं । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यवसायीहरुद्वारा प्रबद्र्धित माँदुर्गा फुड्स प्रा. लि. ले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उपभोक्ताको सहजताका लागि नेपालकै धेरै शाखाहरु भएका सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।

आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा(५ केजी), मैदा(२ केजी), सुजी (१ केजी) र दलिया(१ केजी) नेपालभरिका अधिकांशपसलहरुमा समेत उपलब्ध छ ।

शुद्ध गहुँको दानालाई लेटेष्ट स्विस टेक्नोलोजि अर्थात अत्याधुनिक स्विस प्रविधीयुक्त फुल्लि अटोमेटेड प्लान्टबाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीय साथै स्वस्थ कर समेत हुने कम्पनीले जानकारी गराएको छ ।

Share News