चितवन । चितवनको सनातन स्विट्स एण्ड बेकर्सले शुद्ध शाकाहारी पारखीहरुलाई लक्षित गरेर अण्डारहित पाउरोटी (एगलेस मिल्क ब्रेड) बजारमा ल्याएको छ । सनातन हस्पिटालिटी म्यानेजमेन्ट प्रा.लि.द्धारा संचालित उक्त बेकर्सले शुद्ध शाकाहारी पारखीहरुलाई लक्षित गरेर आइतबारदेखि अण्डारहित पाउरोटी बजारमा ल्याएको हो ।

सनातन स्विट्स एण्ड बेकर्सका अध्यक्ष मनिष सापकोटाले सोमबार एक कार्यक्रमका बिच दैनिक उपभोग्य वस्तुको रुपमा रहेको पाउरोटी आममानिस समक्ष पुर्याउन र सनातनसंगको सामिप्यता जोड्ने पुलको रुपमा रहेको बताए । भारतबाट ल्याइएको अत्याधुनिक प्रविधिबाट उत्पादित सनातन पाउरोटी गुणस्तरमा कुनै कमी नरहेको बताउँदै सापकोटाले पाउरोटीमा अण्डा मिसाईएको भनेर धेरैले पाउरोटी उपभोग गर्न छाडेकाले त्यस्तो व्यक्तिहरुलाई सनातन संग जोड्न पाउरोटी उपयुक्त हुने बिश्वास समेत ब्यक्त गरे ।
गतवर्षको माघ महिनाबाट संचालनमा आएको सनातन स्विट्स एण्ड बेकर्स छोटो समयमै ग्राहकले मन जित्न सफल भएका छन् । सनातन स्विट्स एण्ड बेकर्सले हाल चिनीरहित मिठाई, विस्कुट समेत उत्पादन गर्दै आईरहेको छ । ग्राहकले उक्त पाउरोटी खुद्रा मूल्य २५ रुपैयाँमा किन्न सकिने गरि बजारमा ल्याईएको हो ।