कतार । कतार एयरवेजले निसलाई विश्वसँग जोड्ने उद्देश्यका साथ सन् २०१७ जुलाइ ४ का दिन (भाेली)देखि नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ । ४ सय भन्दा बढी बहुराष्ट्रिय कम्पनीको साझा थलो ‘हब’का रुपमा रहेको निसबाट बृहत्तर सञ्जाल सहितको एयरवेजले बिजनेश तथा लिजर यात्रुलाई नन्स्टप हवाइ सेवा प्रदान गर्ने जनाएको छ । फ्रान्सको निस प्राचिन समुद्री तट तथा फ्रेन्च रिभेराको असिमित सौन्दर्यका लागि पनि परिचित छ ।

कतार एयरवेजले एक विज्ञप्ति जारी गर्दै यसै हप्तादेखि आफ्नो निस उडान सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कम्पनीका अनुसार यसै संग निसका वासिन्दाले कतार एयरवेजको चर्चित अन–बोर्ड सेवा तथा ३ हजार ओटा भिन्न मनोरञ्जनका विकल्प उपलब्ध गराउने ओरिक्स वान इन्टरटेनमेण्ट प्रणालीको मज्जा लिन सक्ने जनाएको छ ।
कम्पनीले नेपालमा पनि आफ्नो उपस्थिती जनाइ सकेको छ । सार्वजनिक नयाँ उडान तालिकाको हर्ष बढाईका लागि कतार एयरवेज नेपालद्वारा आयोजित कार्यक्रममा फ्रेन्च एम्बेसी र कतार एम्बेसीका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । नयाँ उडान तालिका सञ्चालनको खुशी आदान प्रदान गर्न आयोजित कार्यक्रममा कतारका राजदूत योसुफ बिन मोहम्मद अल हायल, फ्रान्सेली राजदूत यभ्स कारमोना र कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नयरको उपस्थिती रहेको थियो । यभ्स कारमोनाले नयाँ सफलताको खुशीयाली साट्दै कतार एयरवेजलाई निसमा स्वागत गर्न आफू आतुर रहेको बताए । कार्यक्रममा बोल्दै नयाँ उत्कृष्ट गन्तब्यको आरम्भले नेपालमा समेत फ्रान्सेली पर्यटकको आगमनलाई बढावा दिन तेवा पुग्ने बताउँदै कन्ट्री म्यानेजर नायरलेपनि खुसी ब्यक्त गरेका थिए ।
निसमा आरम्भ गरिएको नयाँ सेवाले निसलाई मिडल इष्ट, एसिया र अष्ट्रेलिया जोड्दै सिड्नी, हङकङ, मेलबर्न लगायत अन्य आकर्षक गन्तब्य सम्म सहज पहुँच बनाउन सघाउने छ ।
निस उडान पश्चात कतार एयरवेजले सन् २०१७ र २०१८मा अबिड्जान, आयभर कोष्ट, आक्रा, घाना, क्यानबेरा, अष्ट्रेलिया, च्याङ मेइ, थाइल्याण्ड, चिट्टागोङ, बङ्लादेश, मोम्बासा, केन्या र थाइल्याण्डको उट्पाओमा पनि आफ्नो सेवा सञ्चालनमा ल्याउने योजना बनाएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।