नेपाली ग्यास बुलेटलाई भारतले अनुमति नै दिएन, एकाधिकार नगुमाउने भारतीय इच्छा

<p>काठमाडौं । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि [&hellip;]</p>

काठमाडौं । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।

नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन् ।

भारत भ्रमणमा रहेका महराले स्वराजसँग भेटमा ग्यास बुलेट सन्चालन अनुमति दिन प्रस्ताव गरेका थिए । बुलेट सन्चालमा प्रतिवद्धता जनाउनुको सट्टा स्वराजले नेपलाकै ग्यास स्टेसनसम्म ढुवानी गरिदिने आवश्वासन दिएकी छने । नागरिक दैनिकबाट ।

Share News