गरिमाको केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण, चाबहिलमा नयाँ शाखा विस्तार

<p>काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसी व्यक्त [&hellip;]</p>

काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथा वित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालन गर्न नहुने बताएका उनले त्यस्तो मानसिकता राख्ने सबै बैंकका सञ्चालकहरुलाई अन्य नाफा मुलक व्यवसायमा लाग्न सुझाव दिए ।

कार्यक्रममा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमादिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामीउत्कृट सेवादिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवातहो’ प्रमुखकार्यकारी अधिकृत ढकालले भने ।

पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमा सेवा सुरु गरेको थियो ।

आर्थिक बर्ष २०७३/७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलनतथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाहगरि४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ । केही समय अघिमात्रै १० बराबर ७ (१०ः७)को अनुपातका हकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्ता पूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।

यसै बिच बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथावित्तिय संस्थानिय मनविभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । चावहिल संगै काठमाण्डौंको सामाखुसी, लाजिम्पाट तथा कलंकी सहित देशभर ४७ शाखा र ९वटा एटीएमबाट बैंकले वित्तीय सेवा दिँदै आएको छ ।

Share News