एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त

<p>काठमाडौं । एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंक २० वर्ष पुगेको अवसरमा बैंकको छवि अझ उचाईमा पुर्याउन तीन दशकदेखि अभिनय यात्रामा सफल अभिनेत्री कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण [&hellip;]</p>

काठमाडौं । एनआइसी एसिया बैंकको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

बैंक २० वर्ष पुगेको अवसरमा बैंकको छवि अझ उचाईमा पुर्याउन तीन दशकदेखि अभिनय यात्रामा सफल अभिनेत्री कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘बैंक पनि २० बर्ष पुगेको छ, अभिनयको क्षेत्रमा तीन दशक काम गरेर सफलता कमाउनु भएकी अभिनेत्री कोइरालाई ब्राण्ड एम्बेसडर बनाएर अझै उचाईमा पुग्ने लक्ष्य छ’, बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले भने ।

ब्राण्ड एम्बेसडर नियुक्त भएकी नायिका कोइरालाले पनि बैंकको भिजन राम्रो लागेकोले सहकार्यको प्रस्ताव स्वीकार गरेको बताईन् । ‘पुरानो बैंक, ठूलो नेटवर्क भएको र राम्रो भिजन पनि देखेपछि ब्राण्ड एम्बेसडर बन्न राजी भएको हुँ’ नायिकका कोइरालाले भनिन् । कार्इराला अागामी दुर्इ वर्षकाे लागि अनुबन्धित भएकाे बैंकले जनाएकाे छ ।

एनआइसी एसिया बैंकले पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । निकट भविष्यमै ३ सय वटा शाखा सञ्जाल पुर्याउने र आम मानिसको पहुँचमा बैंकलाई स्थापित गर्ने उदेश्य तय गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।

Share News