आगामी आर्थिक बर्षमा पुँजी बजारः सरोकारवालाका एक दर्जन सुझाव

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्ष २०७४/७५ को पुँजी बजारमा कस्ता नीति अख्तियार गर्ने भन्नेबारे सुझाव संकलन गरेको छ । बोर्डले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै, नेपाल राष्ट्र बैंक, नेप्से, सिडिएस, लगानी कर्ता, बैंकर, ब्रोकर र मर्चेण्ट बैंकसँग पुँजी बजारको थप विकासका लागि सुझाव मागेको हो । छलफलमा सेयर लगानी कर्ता संघका अध्यक्ष [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्ष २०७४/७५ को पुँजी बजारमा कस्ता नीति अख्तियार गर्ने भन्नेबारे सुझाव संकलन गरेको छ । बोर्डले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै, नेपाल राष्ट्र बैंक, नेप्से, सिडिएस, लगानी कर्ता, बैंकर, ब्रोकर र मर्चेण्ट बैंकसँग पुँजी बजारको थप विकासका लागि सुझाव मागेको हो ।

छलफलमा सेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्यालले लगानी कर्तालाई भार पर्ने गरि सेयरमा कुनै पनि व्यवस्था नथप्न र भ्याटका विपक्षमा उभिन बोर्डलाई आग्रह गरे । उनले संस्थागत लगानी कर्ता भित्र्याउन र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको निश्चित समयभित्रै जारी गर्नै पर्ने व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका थिए ।

मर्चेण्ट बैंकर एसोसियसनका अध्यक्ष प्रविण रमण पराजुलीले ओपन म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्डको कार्यान्वयनमा जोड दिए । त्यस्तै फ्रन्टलाइन रेगुलेटर नभएका रियल सेक्टरका कम्पनीहरुको नियमनका लागि उचित व्यवस्था पनि आग्रह गरे। ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेटलमेन्ट ग्यारेण्टी फण्ड र अक्सन मार्केट तथा ब्रोकर मार्फत मार्जिन लेण्डिङको सुबिधा उपलब्ध गराउनुपर्ने बताए ।

धितोपत्र बोर्डका संस्थापक अध्यक्ष डम्बर प्रसाद ढुंगेलले नागरिक लगानी कोषको प्रभावकारी नियमन आवश्यक रहेको बताएका थिए । बैंकर एसोसियसनका प्रतिनीधीले भने बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्ने माग राखेका थिए । विश्वविद्यालयका अर्थ शास्त्रका प्राध्यापकहरुले प्राज्ञिक रुपमै पुँजी बजारको विकासका लागि व्यापक छलफल आवश्यक रहेकोमा जोड दिएका थिए ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुँजी बजारको विकास र लगानी कर्ताको हित संरक्षणका लागि बोर्डलेक कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Share News