विद्युत विभागले छ दर्जनभन्दा बढी आयोजनालाई यहि साउन १ गते सम्मान गर्दै

<p>काठमाडौं । विद्युत विकास विभागले सरकारी तथा निजी क्षेत्रबाट विद्युत उत्पादन गरी राज्यलाई सहयोग पुर्याउने आयोजनाहरूलाई सम्मान गर्ने भएको छ । विभागले आइतबार (साउन १) लागेको २४औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गर्न लागेको हो । जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास विभिन्न समस्याको बाबजुद पनि आयोजना निर्माण [&hellip;]</p>

काठमाडौं । विद्युत विकास विभागले सरकारी तथा निजी क्षेत्रबाट विद्युत उत्पादन गरी राज्यलाई सहयोग पुर्याउने आयोजनाहरूलाई सम्मान गर्ने भएको छ । विभागले आइतबार (साउन १) लागेको २४औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गर्न लागेको हो ।

जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास विभिन्न समस्याको बाबजुद पनि आयोजना निर्माण गरी सेवा पुर्याएको कारण आयोजनाहरूलाई सम्मान गर्न लागेको विभागका महानिर्देशक नविनराज सिंहले बताए । आयोजनाहरूलाई प्रोत्साहन गरी नयाँ आयोजना सञ्चालकलाई आकर्षण गर्नु विभागको मुख्य हो छ,’ उनले भने ।

प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९ सय ७ मेगावाट विद्युत उत्पादन भएको छ । निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४ सय ३९ मेगावाट र प्राधिकरणले १७ आयोजनाबाट ४ सय ६७ मेगावाट उत्पादन गरेको हुन् । प्राधिकरणले हेटौडा र दुहबीमा राखिएको दुई थर्मल प्लान्ट उत्पादन भएको ५३ मेगावाटसमेत जोड्दा हालसम्म ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

Share News