केयुकेएल पदाधिकारी भ्रष्टाचारमा तानिए, को को पर्दैछन कारवाहीमा

<p>काठमाडौं । केयुकेएलका पदाधिकारीले करोडौं भ्रष्टाचार गरेको प्रमाण फेला परेको खानेपानी तथा सरसफाई मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव भिम उपाध्यायले केयुकेएलका पदाधिकारीहरुले गरेको अनियमितताका सब्र प्रमाणहरु फेला परेकाले कारवाही प्रक्रिया अघि बढाएको बताएका हुन् । ‘केयुकेएल भित्र भएका व्यापक अनियमितता र भ्रष्टाचारको तालुक खानेपानी मन्त्रालयले सघन छानबीन सुरू गरिसकेको छ । प्रारम्भिक छानबीनबाट यथेष्ठ [&hellip;]</p>

काठमाडौं । केयुकेएलका पदाधिकारीले करोडौं भ्रष्टाचार गरेको प्रमाण फेला परेको खानेपानी तथा सरसफाई मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव भिम उपाध्यायले केयुकेएलका पदाधिकारीहरुले गरेको अनियमितताका सब्र प्रमाणहरु फेला परेकाले कारवाही प्रक्रिया अघि बढाएको बताएका हुन् । ‘केयुकेएल भित्र भएका व्यापक अनियमितता र भ्रष्टाचारको तालुक खानेपानी मन्त्रालयले सघन छानबीन सुरू गरिसकेको छ । प्रारम्भिक छानबीनबाट यथेष्ठ प्रमाण फेला परिसकेका छन् ।’, सचिव उपाध्यायले भनेका छन् ।

आर्थिक कारोबार तथा बोर्ड बैठकका निर्णय सम्बन्धी फाइलहरु बुझाउन बारम्बार ताकेता गर्दा पनि महाप्रवन्धक र अन्य जिम्मेवार अधिकारीले अटेर गरेको पनि बताएका छन् । ‘मन्त्रालयलाई कागजात उपलब्ध नगराउने र छानबीनमा अवरोध सृजना समेत गरिरहेका छन् । यस्तो रवैयाले गर्दा मन्त्रालयलाई तिनी विरूद्ध भ्रष्टाचारमा कार्यवाही चलाउनका लागि यथेष्ट आधार खडा भैसकेको छ ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् ।

उनले छानविनमा सहयोग नगरि अनियमितताका प्रमाणहरु नष्ट गर्न लागि परेका सबैलाई तत्कालै कारवाही प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेका छन् । ‘माग गरिएको कागज नपठाई असहयोग गर्दै अनियमितता र भ्रष्टाचार छानबीनमा अवरोध गर्ने सम्बद्ध अधिकारीहरू अब चाडै शख्त कार्यवाहीमा पर्न जाने निश्चित छ ।’, सचिव उपाध्यायले भने ।

केयुकेएलको महाप्रबन्धक महेश प्रसाद भट्टराई रहेका छन् । उनकै तजबिजमा करोडौं अनियमितता भएको आरोप सचिव उपाध्यायले लगाउँदै आएका छन् । उनले पछिल्लो समय छानविन तथा बयानका लागि मन्त्रालय बोलाउँदा समेत भट्टराईले अटेर गरेको तथा आफुलाई अभद्र व्यवहारको प्रयास गरेपछि मन्त्रालयबाटै बाहिर निकालेको बताउँदै आएका छन् ।

केयुकेएलको सञ्चालक समितिमा रामचन्द्र देवकोटा, इश्वरराज पौडेल, तोलाराज उपाध्याय, मुकेश कुमार काफ्ले, राजेशकाजी श्रेष्ठ, कमलराज पाण्डे, महेश्वरभक्त श्रेष्ठ, हरि गोपाल श्रेष्ठ सञ्चालक रहेका छन् भने मिलन शाक्य कम्पनी सचिवका रुपमा कार्यरत छन् । केयुकेएल सञ्चालक समितिका तत्कालिन अध्यक्ष सुरेश बस्नेतले राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन हुन सकेको छैन् ।

अध्यक्ष बिनै दर्जनौं पटक बोर्ड बैठक राखेर महत्वपुर्ण निर्णय गर्दै आर्थिक हिनामिना गरेका प्रमाणहरु फेला परेपछि कारवाहीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

Share News