कसले अड्काउँदैछ बाहिरी चक्रपथको फाइल ? घर भत्किने झोँकमा सडक विस्तार विरुद्ध सहसचिव

<p>काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट सुरु हुनै लाग्दा शहरी विकास मन्त्रालयमा फाइल अड्कीएको छ । मन्त्रालयको शहरी विकास तथा पुर्वाधार योजना महाशाखाका प्रमुख शम्भु केसीको अगुवाईमा बाहिरी चक्रपथको फाइल रोकिएको हो । तर केसीले भने आफुले नियम कानुनको पालना होस भन्ने मात्रै चाहेको बताएका छन् । ‘हामीले १० सौं हजार नागरिकको सम्पतिसँग [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट सुरु हुनै लाग्दा शहरी विकास मन्त्रालयमा फाइल अड्कीएको छ । मन्त्रालयको शहरी विकास तथा पुर्वाधार योजना महाशाखाका प्रमुख शम्भु केसीको अगुवाईमा बाहिरी चक्रपथको फाइल रोकिएको हो । तर केसीले भने आफुले नियम कानुनको पालना होस भन्ने मात्रै चाहेको बताएका छन् । ‘हामीले १० सौं हजार नागरिकको सम्पतिसँग जोडिएको बाहिरी चक्रपथको काम नियम कानुनका सबै धारा पालना हुने गरि अघि बढोस भन्ने मात्रै चाहेका हौं, फाइल अड्काउने कुनै सोँच छैन’, केसीले भने ।

तर उपत्यका विकास प्राधिकरणले काठमाडौंमा सडक विस्तारका क्रममा केसीको घर समेत भत्किने भएपछि उनी सडक विस्तार र बाहिरी चक्रपथका विरुद्ध लागि परेको आरोप लागेको छ । केसीको बानेश्वरस्थित पञ्चकुमारी मार्गमा रहेको भवनको पर्खाल र घरको केहि अंश भत्किने देखिएको छ । ‘केसीको पर्खाल र घर गरि ढेड मिटर जति संरचना भत्किने देखिएको छ, प्राधिकरणले चिनो समेत लगाईसकेको छ, घर भत्किने झोँकमा केसीले बाहिरी चक्रपथको फाइल रोकेका हुन’, उपत्यका विकास प्राधिकरण श्रोतले भन्यो ।

केसीले पनि उपत्यका विकास प्राधिकरणको काम जनताको घर भत्काउने नभएर विकासको मापदण्ड बनाउने मात्रै भएको बताए । ‘प्राधिकरणको काम आफैं घर भत्काउँदै हिड्ने होइन, उसले मापदण्ड बनाउने र त्यसको कार्यान्वयनका लागि समन्वय गर्ने हो, तर यहाँ त प्राधिकरण जनताका घरमा डोजर लगाउँदै हिडिरहेको छ’, केसीले भने ।

केसीले बाहिरी चक्रपथको फाइल अड्काएपछि शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले हस्तक्षेप गरेका छन् । शर्माले उपभोक्ता समिति गठनको विवरण, अधिग्रहण हुने जमिन, भत्काईने भौतिक संरचनाको विवरण मागेका छन् । ‘सचिवज्युको पत्र आएको छ, त्यसमा केहि कुरा प्रष्ट पार्न भनिएको छ, हामीले ती विवरण डिपिआर स्विकृत हुँदा नै प्रष्ट पारिसकेका थियौं, अब फेरी पठाउँछौं’, बाहिरी चक्रथ आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने ।

बाहिरी चक्रपथ सडकको पाइलट प्रोजेक्टको डिपिआर स्विकृत भैसकेको छ । ६ अर्ब लागतमा ६ दशमलब १६८ किलोमिटर सडक निर्माण लागिएको हो । त्यसका लागि सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ ।

Share News