काठमाडौं । फोर्स मोटर्स लिमिटेडको आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा. लि. ले आकर्षक एक्चेञ्ज अफर कार्यक्रम साउन ९ गते देखी शुरु गर्ने भएको छ । अफरमा ग्राहकले जस्तो सुकै पुरानो वा थोत्रो गाडीको मूल्य कम्तिमा ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
उक्त रकम समायोजन गरी फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप वा २६ सिट क्षमता भएको ट्राभलर मिनी बस खरिद गर्न पाउने छन् । फोर्स मोटर्सका गाडीहरु सुपथ मूल्यमा उपलव्ध गराई आफ्नो गाडीको बिक्री संख्या बढाउने उद्देश्यले कम्पनीले ग्राहकहरुलाई यस्तो अफर अगाडी वढाएको हो ।
कम्पनीले यो अफरमा गाडी खरीद गर्ने ग्राहकलाई एक वर्षको कर छुट, ३ वर्ष वा ३ लाख कि. मी. वारिन्टी, स्पेयर पार्टसमा आजिवन ७ प्रतिशत छुट र सात पटक फ्री सर्भिस लगायत अन्य थुप्रै सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।