एकैदिन २७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा पछिल्ला केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज (आइतबार) भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । 

यो सँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो । 

त्यस्तै, आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५६ हजार ५१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
 

Share News