कर्जाको व्याजदर १० देखि २० प्रतिशतसम्म, कसले पाउँछ सस्तो कर्जा ? कसरी हुन्छ प्रतिस्पर्धा ?

<p>काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा १ देखि ८ प्रतिशत थप व्याजमा कर्जा लगानी गर्ने सूचना प्रकाशित गरिरहेका छन् । यो राम्रो अभ्यास होइन कि’ बजेट र मौद्रिक नीतिको समिक्षा गर्न नेपाल व्यवस्थापन संघले शुक्रबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल वित्त कम्पनी संघको अध्यक्ष सरोजकाजी तुलाधरले–‘बेस रेटभन्दा १ प्रतिशत बढीमा कर्जा पाउने [&hellip;]</p>

काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा १ देखि ८ प्रतिशत थप व्याजमा कर्जा लगानी गर्ने सूचना प्रकाशित गरिरहेका छन् । यो राम्रो अभ्यास होइन कि’ बजेट र मौद्रिक नीतिको समिक्षा गर्न नेपाल व्यवस्थापन संघले शुक्रबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल वित्त कम्पनी संघको अध्यक्ष सरोजकाजी तुलाधरले–‘बेस रेटभन्दा १ प्रतिशत बढीमा कर्जा पाउने भनेको ठूला र पुराना ऋणीले हो । बेस रेटभन्दा ८ प्रतिशत बढी व्याज तिरेर कर्जा लिनुपर्ने नयाँ र साना ऋणिले हो ।’

‘बेस रेटभन्दा १ प्रतिशत बढीमा कर्जा पाउने भनेको ठूला र पुराना ऋणीले हो । बेस रेटभन्दा ८ प्रतिशत बढी व्याज तिरेर कर्जा लिनुपर्ने नयाँ र साना ऋणिले हो ।’ सरोजकाजी तुलाधर

तुलाधरले भने जस्तै प्राय सबैं बैंकले कर्जाको व्याजदर बेसरेटभन्दा १ प्रतिशतदेखि ८ प्रतिशतसम्म बढी तोकेर सार्वजनिक गरिरहेका छन् । सोमबार एनएमबी बैंकले प्रकाशित गरेको व्याजदर सम्बन्धि सूचनालाई यहाँ उदाहरणको रुपमा प्रस्तुत गरिएको छ, जहाँ बसेरेटमा शुन्य दशमलव २५ प्रतिशतदेखि १० प्रतिशतसम्म व्याज थपेर कर्जा प्रवाह गर्ने उल्लेख गरिएको छ ।

बैंकको बेसरेट असार मसान्तमा १०.१२ प्रतिशत छ । बैंककै शब्दमा ‘प्राइम’ वर्गका ग्राहकले वर्किङ क्यापिटल लोन, ट्रस्ट रिसिप्ट लोन लिदा १०.२७ प्रतिशतमा कर्जा पाउने छन् ।

सोही बैंकबाट ‘अन्य’ वर्गको ग्राहकले मार्जिन ल्याण्डिङ, पासर्नल ओभर ड्राफ्ट, सम्पत्ति धितो राखेर लिने विविध कर्जा, व्यक्तिगत कर्जा लिँदा २०.१२ प्रतिशत कर्जा दिनुपर्नेछ ।

दुई थरी व्यवसायीले पाउने कर्जाको व्याज अन्तर १० प्रतिशतले फरक छ । कसरी हुन्छ प्रतिस्पर्धा ?

‘पुराना, विश्वासिला र जोखिम कम भएको कर्जामा व्याज कम लिने र नयाँ, जोखिम बढी भएका, प्राथमिकतामा नपरेका क्षेत्रमा प्रवाह गरिने कर्जामा बढी व्याज तोक्ने संसारकै नियम हो।’ सुनील केसी

 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्- सरकारी नीतिले निरुत्साहित गरेको क्षेत्रबाट माग हुने कर्जा, बढी जोखिम भएको कर्जा, नयाँ र विश्वास गर्न कठिन हुन ग्राहकलाई दिने कर्जाको व्याज बढी तोखिएको हुन्छ । १० औं वर्ष पुराना, धेरै कारोबार गर्ने कर्पोरेट हाउस, जसको कर्मचारीहरुको खाता पनि हाम्रै बैंकमा हुन्छ, उनीहरुलाई कम व्याजदरमा कर्जा प्रवाह गर्छौ ।’

‘पुराना, विश्वासिला र जोखिम कम भएको कर्जामा व्याज कम लिने र नयाँ, जोखिम बढी भएका, प्राथमिकतामा नपरेका क्षेत्रमा प्रवाह गरिने कर्जामा बढी व्याज तोक्ने संसारकै नियम हो’ केसीले भने  ।

पुराना व्यवसायीले ११/१२ प्रतिशतमा कर्जा पाउने, नयाँ व्यवसाय गर्ने चाहानेले १८/१९ प्रतिशत व्याज तिर्नु पर्ने अवस्थामा नयाँ उद्यमशिलताको विकास हुन नसक्ने सरोजकाजी तुलाधरको विश्लेषण छ । ‘नयाँ व्यवसाय गर्नेलाई आफ्नो बस्तु तथा सेवा बेच्न पनि गाह्रो हुन्छ । ब्राण्ड स्थापित गर्न सकिरहेका हुँदैनन्, त्यसमाथि उसलाई बैंकले पनि झण्डै डबल बढी व्याज लगाईदिने हो भने नयाँ उद्यमी जन्मन गाह्रो हुन्छ, बजार विकासमा यस्तो नीतिले सहयोग गर्दैन’ तुलाधर भन्छन्-‘यस्तो अवस्था नीतिगत सुधार गर्न सकियो भने राम्रो हुन्छ ।’

तर नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण प्रसाद पौडेलले बजारमा भईरहेको अभ्यास स्वभाविक भएको बताए । ‘हामीले बैंकहरुलाई बेसरेट पनि सार्वजनिक गर्न भनेका छौं र स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन भनेका छौं’ उनले भने-‘कस्तो ग्राहकसँग धेरै व्याज लिन पाइने, कस्तो ग्राहकसँग थोरै व्याज लिन पाईने भनेर राष्ट्र बैंकले तोक्नु मुनासिब हुँदैन ।’

‘कस्तो ग्राहकसँग धेरै व्याज लिन पाइने, कस्तो ग्राहकसँग थोरै व्याज लिन पाईने भनेर राष्ट्र बैंकले तोक्नु मुनासिब हुँदैन ।’ -नारायाण प्रसाद पौडेल

केही समयअघि बैंकहरुले बचत खातामा ३/४ प्रतिशत व्याज दिदै गर्दा मुद्दती खातामा १२ प्रतिशत व्याज पुर्याए । कल खातामा पनि झण्डै मुद्दती खातामा सरह नै व्याज दिन थाले । त्यतिबेला राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्यो । बचत खाताको व्याजदर र कल खाताको व्याजदर समान बनाउन राष्ट्र बैंकले निर्देशन दियो । त्यसपछि बैंकहरुले बचत कर्तालाई दिने व्याजदर अन्तर साँघुरिएको छ । अहिले बचत खातामा ६ देखि ९ प्रतिशतसम्म व्याज दिन थालेका छन् भने मद्दती खातामा ८ देखि ११ प्रतिशत दिन थालेका छन् ।

जसरी फरक निक्षेप खाताको व्याज अन्तर सीमा साँघुरो बनाउन बचतकर्ताको हितमा राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ, त्यसरी नै कर्जाका विभिन्न शिर्षकमा हुने फराकिलो व्याज अन्तरलाई कम गर्न नयाँ नीति आवश्यक भएको उद्योगी व्यवासायी बताउँछन् । कर्जाको व्याजदर बेसरेट भन्दा २ प्रतिशतदेखि ५ प्रतिशतभन्दा बढी गरी सीमा तोक्ने हो भने व्याजदरमा सन्तुलन देखिने जानकारहरु बताउँछन् ।

Share News