बाहिरी चक्रपथको काम केहि दिन भित्रै अघि बढ्छ, सडक विस्तारको क्षतिपुर्ति पनि बढाउँछौं-मन्त्री साह

<p>काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले केहि दिन भित्रै बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको काम अघि बढाउने बताएका छन् । सोमबार बाहिरी चक्रथपको पाइलट प्रोजेक्ट आरम्भ गर्ने भनिएको चोभार–सतुंगल खण्डको स्थलगत अवलोकन गर्दै मन्त्री साहले भने–‘व्यवस्थित शहरीकरणको आधार स्तम्भ सडक हो, त्यसका लागि बाहिरी चक्रपथ आयोजना अघि बढाउनुको विकल्प छैन, केहि दिनभित्रै सुखद समाचार [&hellip;]</p>

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले केहि दिन भित्रै बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको काम अघि बढाउने बताएका छन् । सोमबार बाहिरी चक्रथपको पाइलट प्रोजेक्ट आरम्भ गर्ने भनिएको चोभार–सतुंगल खण्डको स्थलगत अवलोकन गर्दै मन्त्री साहले भने–‘व्यवस्थित शहरीकरणको आधार स्तम्भ सडक हो, त्यसका लागि बाहिरी चक्रपथ आयोजना अघि बढाउनुको विकल्प छैन, केहि दिनभित्रै सुखद समाचार सुन्न पाइन्छ ।’


उनले उपत्यकाको काँठ क्षेत्रमा व्यवस्थित र आधुनिक शहरका रुपमा विकास गर्न र कोर क्षेत्रमा रहेको अत्यधिक जनघनत्वको उचित व्यवस्थापनका लागि पनि आयोजना अघि बढाउनै पर्ने स्पष्ट पारे । आयोजना सन्दर्भमा केहि प्रश्न उठेको र त्यसको निदान समेत भैसकेको दावी गरे ।‘आयोजनाको मोडालिटीका बारेमा केहि प्रश्नहरु उठेका थिए तर ती निदानको पनि अन्तिम चरणमा पुगिसकेका छन, अब बाहिरी चक्रपथ सडक आयोजना अघि बढ्छ’, मन्त्री साहले भने । उनले बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट मात्रै नभएर पुरै काम अघि बढाउनेबारे पनि मन्त्रालयले सोँच बनाएको बताए ।‘पाइलट प्रोजेक्ट मात्रै होइन पुरै काम कसरी गर्न सकिन्छ भन्नेबारेमा पनि हामीले सोचिरहेका छौं’, मन्त्री साहले भने ।

मन्त्री साहले साउन मसान्त भित्रै सडक विस्तारका क्रममा वितरण गरिने क्षतिपुर्ति रकमको दर पनि बढाउने प्रतिवद्धता जनाए ।‘भत्किएका घरहरुको क्षतिपुर्ति कम भयो भन्ने नागरिकको गुनासो छ, साउन महिना भित्रै हामीले क्षतिपुर्तिको दर रेट पनि पुनरावलोकन गर्दैछौं’, मन्त्री साहले भने । मन्त्री साहले कलंकी–नागढुंगा सडक विस्तार, बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट, युएन पार्कको स्थलगत अवलोकन गरेको थियो । टोलीमा मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी, बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिपक श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Share News