सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई विशेष उपहार

<p>काठमाडौं । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिँदै आएको छ । त्यसै अन्तर्गत बैंकले प्रमुख कार्यालय नक्साल तथा देशै भरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरेको छ । बैंकका अनुसार यो योजना साउन महिना भरी चल्ने छ । साथै, प्रत्येक नारी बचत खाता बापत बैँकको [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिँदै आएको छ । त्यसै अन्तर्गत बैंकले प्रमुख कार्यालय नक्साल तथा देशै भरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरेको छ ।

बैंकका अनुसार यो योजना साउन महिना भरी चल्ने छ । साथै, प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरि सामाजिक कार्यमा खर्च गरिनेछ ।

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुने गरी उच्चतम ब्याज उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत यस बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Share News