काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा निर्जीवन तर्फको बीमा बजार २९.४६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा ती कम्पनीहरुले १४ अर्ब ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । सो कम्पनीले २ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम आघिल्लो आर्थिक वर्षको तुलनामा ३८.४२ प्रतिशतले बढी हो ।
बीमा शुल्क आर्जको हिसावले सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५० करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८८ प्रतिशत बढी हो ।
बीमा शुल्कको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा रहेको छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २६.७२ प्रतिशतले बढी हो ।
पहिलो स्थानमा रहेको शिखर र दोस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्स बीचको बीमा शुल्क आर्जन अन्तर १ अर्ब २७ करोड रुपैयाँ छ । तर दोस्रो स्थानमा रहेको सिद्धार्थ र तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सबीचको बीमा शुल्क आर्जन अन्तर करिव १० करोड रुपैयाँ छ ।
बीमा शुल्क आर्जनतर्फ सबैभन्दा उच्च दरको वृद्धि एनबी इन्स्योरेन्सले गरेको छ । यसले अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.५ प्रतिशतले वृद्धि गरी ६९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले ५०.३९ प्रतिशतको वृद्धि हासिल गरी १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
९ वटा कम्पनीहरुले १ अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । त्यसमा शिखर, सिद्धार्थ, सगरमाथा, एनएलजी, नेको, प्रिमियर, प्रुडेन्सियल, हिमालयन जनरल, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
पुर्नबीमा तर्फ नेपाली बजारमा एकाधिकार प्रयोग गर्दै आएको नेपाल पुर्नबीमा कम्पनीको बजार भने २२.३२ प्रतिशतले मात्र बढेको छ । यस कम्पनीले २ अर्ब ९ करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ ।
कसकाे कति ?
