जीवन बीमा कम्पनीको बजार २० प्रतिशतले बढ्यो, नेपाल लाइफको बजार हिस्सा ३१ प्रतिशत(सूचिसहित)

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुको बजार २० प्रतिशतले बढेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २० प्रतिशतले बजार वृद्धि गरेर ३८ अर्ब ४० करोड प्रिमियम(बीमा शुल्क) संकलन गरेका हुन् । यीनै कम्पनीहरुले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ३१ अर्ब ९७ करोडको प्रिमियम मात्रै संकलन गर्न सकेका थिए । ९ [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बजार २० प्रतिशतले बढेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २० प्रतिशतले बजार वृद्धि गरेर ३८ अर्ब ४० करोड प्रिमियम(बीमा शुल्क) संकलन गरेका हुन् । यीनै कम्पनीहरुले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ३१ अर्ब ९७ करोडको प्रिमियम मात्रै संकलन गर्न सकेका थिए ।

९ वटा बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै १२ अर्ब प्रिमिय संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशत बढि प्रिमियम संकलन गरेको हो । कुल प्रिमियममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै हिस्सा ३१ प्रतिशत ओगट्न सफल भएको हो ।

धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा दोश्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । यो कम्पनीले ८ अर्ब ८० करोड रुपैंयाँ प्रिमियम संकलन गरेको हो । यसले आफ्नो बजार २५ प्रतिशतले वृद्धि गरेको देखिन्छ । त्यस्तै, तेश्रो धेरै प्रिमियम संकलन गर्ने कम्पनीका रुपमा नेशनल लाइफ इन्स्योरेन्स स्थापित भएको छ, जसले ४ अर्ब ९५ करोड प्रिमियम संकलन गरेको हो । नेशलन लाइफ इन्स्योरेन्सक कम्पनीले आफ्नो बजार हिस्सा २९ प्रतिशतले बढाएको देखिन्छ ।

जीवन बीमा कम्पनीहरुले आफ्नो बजारलाई ८ प्रतिशतदेखि २९ प्रतिशतसम्म विस्तार गर्न सफल भएका छन् । राष्ट्रिय बीमा संस्थानको बजार ८ प्रतिशतले बढेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले २९ प्रतिशतले बजार बढाएको छ ।

Share News